आर्थिक

काठमाडौंमा दशैंका लागि आजदेखि खसीबोका विक्री खुला

हिमालय टिभी
२०७७ कार्तिक ३ गते ७:३२
काठमाडौंमा दशैंका लागि आजदेखि खसीबोका विक्री खुला

३ कात्तिक, २०७७ काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि काठमाडौंमा खसीबोकाको बिक्री गर्ने भएको छ ।

आजदेखि खसी बोकाको बिक्री सुरु गर्न लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका विभागीय प्रमुख श्रीमणिराज खनालले बताउनुभयो ।

कम्पनीले प्रतिकिलो ५६० रुपैयाँमा खसी तथा बोका बिक्री वितरण गर्ने भएको छ । दाङ र मकवानपुरको मजवानपुरबाट यस वर्षको बडादशैँका लागि खसी तथा बोका काठमाडौं आइपुगेपछि कम्पनीले मूल्य निर्धारण गरेको हो ।

निर्धारित मूल्यअनुसार प्रतिकिलो खसी बोकामा दश रुपैयाँ छुट दिइने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौं आइपुगेका चौपायाको आज बिहान ८ बजेपछि बिक्री वितरण सुरु हुनेछ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयानुसार सरकारी स्वामित्वमा सञ्चालित तीन संस्थानले चाडपर्वलाई लक्ष्य गर्दै सञ्चालन गर्ने सुपथ मूल्यका पसलमा दिइएको छुट स्वरुप खसीबोकामा प्रतिकिलो दश रुपैयाँ छुट दिइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुुसार पहिलो चरणमा दाङबाट दुई सय र मकवानपुरबाट २०५ गरी ४०५ खसी बोका काठमाडौं आइपुगेको छ । यस वर्ष कम्पनीले दुई जिल्लाबाट एक हजार खसीबोका ल्याउने तयारी गरेको छ ।

यो पनि पढ्नुस्
दशैंका लागि स्वस्थकर खसीबोका यसरी चिनौं (भिडियोसहित)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *