खेलकूद

आइपीएलमा पञ्जाबको रोमाञ्चक जित, डबल सुपर ओभरमा मुम्बई पराजित

हिमालय टिभी
२०७७ कार्तिक ३ गते ७:२७
आइपीएलमा पञ्जाबको रोमाञ्चक जित, डबल सुपर ओभरमा मुम्बई पराजित

३ कात्तिक, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आइपीएल) मा किंग्स एलाभेन पञ्जाब विजयी भएको छ ।

आइपीएल अन्तर्गत सम्पन्न पछिल्लो खेलमा पञ्जाबले साविक विजेता मुम्बई इण्डियन्सलाई सुपर ओभरमा पराजित गरेको हो ।

मुम्बईले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याउने क्रममा जवाफी ब्याटिङ गरेको पञ्जाबले १ सय ७६ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको पञ्जाबले २ विकेट गुमाएर ५ रन बनायो ।

जवाफमा मुम्बईले पनि १ विकेट गुमाएर ५ रन बनाएपछि खेल पुनः बराबरी भएपछि खेलको निर्णय अर्को सुपर ओभरबाट भएको थियो । दोस्रो सुपर ओभरमा मुम्बईले १ विकेट गुमाएर ११ रन बनायो ।

त्यसपछि १२ रनको लक्ष्य पञ्जाबले बिना विकेट ५ बलमा १५ रन जोड्दै पूरा गरेको थियो । यसअघि १ सय ७७ रनको लक्ष्यसहित मैदान ओर्लेको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । उसका लागि कप्तान केएल राहुलले ७७ रन तथा क्रिस गेल र निकोलस पुरनले समान २४(२४ रन बनाए ।

बलिङमा मुम्बईका जसप्रित बुमराहले तीन तथा राहुल चहरले दुई विकेट लिए । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ७६ रनको योगफल बनाएको थियो ।

मुम्बईका क्विन्टन डिककले ५३ रन बनाए । त्यस्तै केरोन पोलार्ड ३४ रनमा अविजित रहँदा क्रुनल पाण्ड्या ३४ रनमै पेभेलियन फर्के । हारसँगै मुम्बईले शीर्ष स्थानमा उक्लने मौका समेत गुमाएको छ ।

हिजो नै भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादमाथि सुपर ओभरमा नै जित निकालेको थियो ।

प्रतियोगिता अन्तर्गत आज चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सबीच खेल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्