Main News

भत्ता नपाएको भन्दै वीर अस्पतालका कर्मचारी आन्दोलनमा

हिमालय टिभी
२०७७ कार्तिक २ गते १८:२३
भत्ता नपाएको भन्दै वीर अस्पतालका कर्मचारी आन्दोलनमा

२ कात्तिक, २०७७ काठमाडौं । कोरोना संक्रमणको उपचारमा खटिए वापत भत्ता नपाएको भन्दै वीर अस्पतालका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

कोरोना संक्रमितको उपचारमा खटे पनि भत्ता नपाएको भन्दै उनीहरुले आन्दोलन गरेका हुन् । आन्दोलनका क्रममा कर्मचारीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पदाधिकारीलाई कोठामा थुनेका थिए ।

कर्मचारीहरुले १५ दिन पहिले कोभिड– नाइन्टिन संक्रमितको उपचारमा खटिएवापतको भत्ता, उपचारमा खटिने स्वास्थ्यकर्मीलाई उचित सुरक्षा सामग्री उपलब्ध गराउनु पर्ने माग राखेर अस्पताल व्यवस्थापनलाई पत्र दिएका थिए ।

१५ दिनसम्म पनि मागको सुनुवाइ नभएपछि आफूहरु आन्दोलनमा उत्रिएको उनीहरुको भनाइ छ । फ्रण्टलाइनमा काम गर्ने वीरका कुनै पनि कर्मचारीले अहिलेसम्म कोभिड भत्ता पाएका छैनन् ।

वीर अस्पतालले भने सरकारका कारण भत्ता दिन नसकेको बताएको छ । अस्पतालको आन्तरिक आम्दानी घटेको र सरकारलाई पटकपटक भत्ताको रकमका लागि माग गरे पनि वास्ता नगर्दा यो समस्या आएको अस्पतालका निर्देशक डाक्टर केदार सेन्चुरीले बताउनुभयो ।

अस्पतालको आन्तरिक आम्दानी घटेसँगै वीर अस्पतालले आफ्नो कर्मचारीलाई समयमै तलबसमेत दिन नसकेको बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *