Main News

सार्वजनिक यातायातमा यात्रा गर्दा फेस सिल्ड अनिवार्य

हिमालय टिभी
२०७७ कार्तिक २ गते १७:३१
सार्वजनिक यातायातमा यात्रा गर्दा फेस सिल्ड अनिवार्य

२ कात्तिक, २०७७ काठमाडौं । सार्वजनिक यातायातमा यात्रा गर्दा अनिवार्य फेस सिल्ड लगाउनुपर्ने भएको छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुषालले सार्वजनिक यातायात प्रयोग गर्दा यात्रुले अनिवार्य फेस सिल्ड प्रयोग गर्नुपर्ने बताउनुभयो ।

सरकारले सार्वजनिक यातायातमा सबै सिटमा यात्रु राख्न पाउने निर्णय गरेसँगै कोरोना संक्रमणको जोखिम बढेकाले स्वास्थ्य सुरक्षाको लागि फेस सिल्ड अनिवार्य गरिएको प्रवक्ता भुषालको भनाइ छ ।

यसअघि गाडीमा आधा मात्रै यात्रु राख्ने निर्णय गरेको सरकारले गत सोमबार सिटभरी यात्रु राख्न पाउने निर्णय गरेको थियो । यात्रुलाई कोरोना संक्रमणबाट जोगाउन यो व्यवस्था गरिएको विभागले स्पष्ट पारेको छ ।

बसमा यात्रा गर्दा प्रयोग गर्ने फेस सिल्ड यात्रुले नै व्यवस्था गर्नुपर्नेछ । बसले सिटभरी यात्रु राख्न पाएसँगै सरकारले पुरानै भाडा दर लागु गरेको छ । तर केही बसले भने अहिले पनि बढी भाडा लिएको गुनासो यात्रुले गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *