Main News

कोभिड बिरामीका लागि ५० प्रतिशत बेड छुट्याउन सबै अस्पताललाई निर्देशन (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २ गते १७:१०
कोभिड बिरामीका लागि ५० प्रतिशत बेड छुट्याउन सबै अस्पताललाई निर्देशन (भिडियोसहित)

२ कात्तिक, २०७७ काठमाडौं । सरकारले सबै सरकारी अस्पताल, निजी तथा सामुदायिक अस्पताल र मेडिकल कलेजलाई ५० प्रतिशत बेड कोभिड बिरामीका लागि छुट्याउन निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसीयु लगायतका सबै प्रकारका पूर्वाधारहरु कोभिडका बिरामीका लागि आजकै मिति देखि छुट्याउन भनेको हो।

यसअघि निजी सहकारी र सामुदायिक अस्पतालले २० प्रतिशत र मेडिकल कलेजले ३३ प्रतिशत बेड छुट्याउनु पर्ने व्यवस्था थियो। तर पछिल्लो समय कोरोना संक्रमित बढ्दै गएपछि बिरामीले बेड पाउन सकेका छैनन् ।

त्यसैले सरकारले ५० प्रतिशत बेड कोभिड बिरामीलाई छुट्याउनुपर्ने व्यवस्था गरेको हो ।

हाल आइसीयुमा ३ सय १ जना संक्रमितको उपचार भइराखेको छ । यस्तै भेन्टिलेटरमा उपचार गराउनेहरुको संख्या ६६ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *