Main News

उपत्यकामा १४६९ सहित २९४२ जना कोरोना संक्रमित थपिए, थप १२ जनाको मृत्यु

हिमालय टिभी
२०७७ कार्तिक २ गते १६:४६
उपत्यकामा १४६९ सहित २९४२ जना कोरोना संक्रमित थपिए, थप १२ जनाको मृत्यु

२ कात्तिक, २०७७ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९ सय ४२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

मन्त्रालयले आइतबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २ हजार ९ सय ४२ जनामा संक्रमण पुष्टि भएको बताउनुभएको हो ।

यससँगै नेपालमा आज कुल ३९ हजार ३ सय ४१ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये संस्थागत आइसोलेसनमा १२ हजार ९ सय ३३ जना र होम आइसोलेसनमा २६ हजार ४ सय ८ जना रहेका छन् । हालसम्म कुल १ लाख ३२ हजार २ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ६ सय ९८ जनामा संक्रमण पुष्टि भएको पनि प्रवक्ता गौतमले बताउनुभयो । जसमध्ये काठमाडौंमा १ हजार ४ सय ६९ जना, भक्तपुरमा ९९ जना र ललितपुमरमा १ सय ३० जना रहेका छन्् ।

पछिल्लो २४ घण्टामा कोभिड १९ बाट निको भई घर फर्किनेको संख्या २ हजार ३ सय २६ रहेको छ । यससँगै आजसम्म निको हुनेहरुको संख्या ९२ हजार १ सय ६६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२ जना व्यक्तिको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ७ सय ३९ पुगेको छ ।


पछिल्लो २४ घण्टामा १४ हजार ८ सय ७५ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले बताउनुभयो । यससँगै हालसम्म कुल १२ लाख ८३ हजार ३ सय ५४ जनामा पीसीआर परीक्षण भएको छ ।

आज देशभर ४ हजार ८ सय ३१ जना क्वारन्टिनमा रहेका छन् । आइसीयुमा ३ सय १ जना संक्रमितको उपचार भइराखेको छ । यस्तै भेन्टिलेटरमा उपचार गराउनेहरुको संख्या ६६ जना रहेको प्रवक्ता गौतमले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *