खेलकूद

महिला हाफ म्याराथनमा जेपचेयर्चरको नयाँ कीर्तिमान कायम

हिमालय टिभी
२०७७ कार्तिक २ गते १३:३१
महिला हाफ म्याराथनमा जेपचेयर्चरको नयाँ कीर्तिमान कायम

२ कात्तिक, २०७७ काठमाडौं । आफ्नै कीर्तिमान भंग गर्दै केन्याली धाविका पेरेस जेपचेयर्चरले महिला हाफ म्याराथनमा विश्व कीर्तिमान बनाएकी छिन् ।

पोल्याण्डमा सम्पन्न विश्व हाफ म्याराथन च्याम्पियनसिपमा निर्धारित दुरी १ घण्टा ५ मिनेट १६ सेकेन्डमा पुरा गर्दै पेरेसले कीर्तिमान बनाएकी हुन् ।

२७ वर्षीय पेरेसले आफ्नै कीर्तिमानमा १८ सेकेन्डले सुधार गरेकी हुन् । यसअघि, २०१६ मा हाफ म्याराथन जितेकी उनको यो दोस्रो उपाधि हो ।

यो दौडमा उनलाई पछ्याउँदै जमर्नीकी मेलट यिसाक केजेटाले १ घण्टा ५ मिनेट १८ सेकेन्डमा दुरी पुरा गर्दै दोस्रो तथा १ घण्टा ५ मिनेट १९ सेकेन्डमा लगाएकी इथोपियाकि यालेमजेर्फ तेस्रो स्थानमा रहिन् ।

हाफ म्याराथनमा ५८ मिनेट ४९ सेकेन्डमा दौड पुरा गर्दै युगान्डाका जाकोब किप्लिमोले पुरुषतर्फको उपाधि जिते ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्