Main News

नेपाली सेनाको पृतनापति सम्मेलन शुरु

हिमालय टिभी
२०७७ कार्तिक २ गते १३:०८
नेपाली सेनाको पृतनापति सम्मेलन शुरु

२ कात्तिक, २०७७ काठमाडौं । नेपाली सेनाको पृतनापति सम्मेलन आजदेखि शुरु भएको छ।

सम्मेलनमा मुलुकको समग्र शान्ति सुरक्षाका साथै कोभिड–नाइन्टिन प्रतिकार्यमा प्राप्त भइरहेको सफलता, आंकलन र भावी रणनीतिबारे समीक्षा हुनेछ।

हरेक ६–६ महिनामा नियमितरुपमा हुने यस पटकको तीनदिने उक्त सम्मेलन भर्चुअल माध्यमबाट हुनेछ।

सेनाका आठ पृतनापतिले सम्मेलनका क्रममा आफ्ना कार्य क्षेत्रमा भए गरेका उपलब्धि, देखिएका चुनौती र समाधानका लागि चालिनुपर्ने कदमबारे रायसुझावसहितको प्रस्तुतीकरण गर्ने सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।

सेनाको पूर्वी कायम मुकायम पृतनापतिमा सन्तोष ढकाल, मध्यपूर्वी पृतनापतिमा सुरेश कार्की, मध्यपृतनापतिमा ताराध्वज पाण्डे, उपत्यका पृतनापतिमा आनन्दकुमार अधिकारी, पश्चिम पृतनापतिमा गोकुल भण्डारी, मध्यपश्चिम पृतनापतिमा सञ्जय थापा, उत्तरपश्चिम पृतनापतिमा विज्ञानदेव पाण्डे र सुदूरपश्चिम पृतनापतिमा निर्मलकुमार थापा हुनुहुन्छ ।

उपरथीको नेतृत्वमा रहने सेनाका पृतना इटहरी, धनुषा, हेटौडा, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *