Main News

उदयपुर दुर्घटनामा मृत्यु भएका सबै पाँचै जनाको पहिचान खुल्यो

हिमालय टिभी
२०७७ कार्तिक २ गते १२:५५
उदयपुर दुर्घटनामा मृत्यु भएका सबै पाँचै जनाको पहिचान खुल्यो

२ कात्तिक, २०७७, उदयपुर । उदयपुरमा भएको सवारी दुर्घटनामा मृत्यु भएका सबै ५ जनाको पहिचान खुलेको छ ।

सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ भदौरेमा गएराति जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा ३ जना घाइते भएका छन् ।

बा २० च ७१७१ नम्बरको जीप भैरहवाबाट ओखलढुंगातर्फ गइरहेको थियो । मृतक ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–९ माधवपुरका अन्दाजी ४५ वर्षीय रामबहादुर सार्की, सोही स्थानका अन्दाजी २५ वर्षीय कर्ण सार्की, ३५ वर्षीय नारायण सार्की, खड्कबहादुर सार्की र उदयपुर कटारी नगरपालिका–८ शिरिसेका ३० वर्षीय महेश विक रहेको प्रहरीको भनाइ छ ।

दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ–९ की ३१ वर्षीया कुमारी सार्की, १८ वर्षीया कल्पना सार्की र चालक रुपन्देहीका २८ वर्षीय पवन खड्का घाइते भएका छन् ।

चालकको अवस्था गम्भिर रहेको बताइएको छ । सडकबाट करिब ९०० मिटर तल खसेको जीपको ब्रेक फेल भएको हुन सक्ने ट्राफिक प्रहरीले प्रारम्भिक अनुमान छ । घाइतेहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *