आर्थिक

दशैंका लागि स्वस्थकर खसीबोका यसरी चिनौं (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १ गते २०:५०
दशैंका लागि स्वस्थकर खसीबोका यसरी चिनौं (भिडियोसहित)

१ कात्तिक, २०७७ काठमाडौं । दसैंमा सबैभन्दा खसीबोका को मासुको खपत हुन्छ । तर त्यसरी मासुका लागि खसीबोका छान्दा स्वस्थकर खसी मात्र छान्नुपर्छ । दशैंमा उपभोक्ताले किन्ने खसीबोका स्वस्थकर भएनभएको कसरी थाहा पाउने त ?

काठमाडौं उपत्यकामा मात्रै दशैंमा करिब ५० हजार खसी बोकाको माग हुने गरेको छ । माग सम्बोधन गर्न विभिन्न जिल्लाबाट २५ हजार र भारतबाट बाँकी खसी ल्याइन्छ ।

यसपटक क्वारण्टिन परीक्षण प्रमाणपत्र र कोरोना महामारीका कारण भारतबाट खसीबोका आयात रोकिएको छ । त्यसका बावजुद सीमाबाट लुकीछिपी आयात रोकिएको छैन् । लामो बाटोबाट कस्टपूर्वक ल्याइने भएकाले उपभोक्ताले किन्ने खसीबोका स्वस्थ हुन्छन् भन्ने छैन् । त्यसैले खसीबोका किन्नु अघि विभिन्न कुरामा ध्यान दिन पशु चिकित्सकको सुझाव छ ।

काठमाडौं महानगरपालिकाकाले बजारमा अनुगमन गरी स्वस्थ र अस्वस्थ खसीबोका छुट्याउने गरेको छ । स्वस्थ पशुको सिङमा हरियो र अस्वस्थमा रातो रङ लगाइएको हुन्छ । त्यसैले हरियो रङ लगाइएको खसीबोका र च्याङ्ग्रा मात्रै किन्नुपर्छ ।

दसैंमा अस्वस्थ पशुको विक्री वितरण हुन सक्ने भन्दै महानगरपालिकाले अनुगमन गरी स्वस्थ र अस्वस्थ पशु छुट्याई स्वस्थ पशुको सिङमा हरियो रङ र अस्वस्थको सिङमा रातो रङ लगाएको हो ।

अस्वस्थ मासु प्रयोग गरे त्यसले पशुमा भएका विभिन्न रोग सार्न सक्छ । त्यसैले खसीबोका खरिद गर्दा र मासु पकाउँदा स्वस्थ्यकर भए नभएको बारे चनाखो हुन जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *