Political Hightlights

सरकारले आफ्नो भूमिसमेत दाबी गर्न नसकेको कांग्रेसको आरोप

हिमालय टिभी
२०७७ कार्तिक १ गते १८:३०
सरकारले आफ्नो भूमिसमेत दाबी गर्न नसकेको कांग्रेसको आरोप

१ कात्तिक, २०७७ काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो भूमिसमेत सरकारले दाबी गर्न नसकेको भन्दै आलोचना गर्नुभएको छ ।

हुम्लामा चीनले नेपाली अतिक्रमण गरेकोबारे बुझ्न गएको सरकारी टोली नपुग्दै परराष्ट्र मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले भूमि मिचिएकै छैन भनेर अपरिपक्व अभिव्यक्ति दिएको सिंहको आरोप छ ।

सिंहले मुलुकको रक्षा गर्न सक्छ कि सक्दैन भनेर समेत सरकारलाई प्रश्न गर्नुभएको छ ।

काठमाडौंको नागार्जुन नगरपालिका स्यूचाटारमा भएको कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवं कांग्रेस नेता सिंहले सरकारको देशभक्तिमाथि प्रश्न उठाउनुभएको हो । सिंहले सरकारको परराष्ट्र नीति असन्तुलित देखिएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्