Main News

भक्तपुरमा भोलिदेखि अत्यावश्यक बाहेकका कार्यालय बन्द रहने

हिमालय टिभी
२०७७ कार्तिक १ गते १७:५७
भक्तपुरमा भोलिदेखि अत्यावश्यक बाहेकका कार्यालय बन्द रहने

१ कात्तिक, २०७७ भक्तपुर । भक्तपुरमा जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा भोलिदेखि अत्यावश्यक बाहेकका सार्वजनिक सेवा बन्द हुने भएका छन् ।

आफ्ना केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले कात्तिक २ गतेदेखि अनिश्चितकालका लागि सेवा बन्द गर्ने निर्णय गरेको प्रशासकीय अधिकृत यज्ञराज जोशीले जानकारी दिनुभयो ।

प्रशासन कार्यालयबाट उजुरी, शान्ति सुरक्षा, मुद्धाको सुनुवाई र विपद् व्यवस्थापन बाहेकका सबै सेवा ठप्प पारिएको छ । यस्तै, मध्यपुर थिमी नगरपालिका कार्यालय भोलिदेखि ७ गतेसम्मका लागि बन्द गरिएको छ ।

यस्तै सुर्यविनायक नगरपालिका भने कात्तिक १५ गतेसम्मको लागि बन्द गरिनेछ । चाँगुनारायण नगरपालिका भने यसअघि नै बन्द भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *