आर्थिक

स्वस्थ्य खसीबोका मात्रै खरिद गर्न महानगरको आग्रह

हिमालय टिभी
२०७७ कार्तिक १ गते १३:४२
स्वस्थ्य खसीबोका मात्रै खरिद गर्न महानगरको आग्रह

१ कात्तिक, २०७७ काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वस्थ खसीबोका चिनेर मात्रै खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ ।

महानगरपालिकाका पशुसेवा महाशाखा प्रमुख डा.अवधेश झाले बजारमा आनुगमन गरी स्वस्थ र अस्वस्थ खसीबोका छुट्याइएकाले चिनेर मात्रै खरिद गर्न आग्रह गर्नुभएको हो । स्वस्थ पशुको सिङमा हरियो रङ र अस्वस्थमा रातो रङ लगाइएको डा. झाले बताउनुभयो ।

उपभोक्ताले हरियो रङ लगाइएको खसीबोका र च्याङ्ग्रा मात्रै खरिद गर्नुपर्ने उहाँले बताउनुभयो । उपत्यकाका मुख्य खसीबोका बजारमा नियमित अनुगमन गरी महानगरपालिकाले स्वस्थ र अस्वस्थ खसीबोका र च्याङ्ग्राको पहिचान गर्दै हरियो र रातो रङ लगाई छुट्याएको छ ।

पशुको तापक्रम नाप्ने, नाकबाट सिगान बगेनबगेको, पखला लागे नलागेको, झोक्राएर बसे नबसेको हेरेर स्वस्थ र अस्वस्थ पशु छुट्याउने गरेको छ । यसरी हेर्दा स्वस्थ देखिए विक्रीका लागि स्वीकृति दिइएको डा. झाले बताउनुभयो । चेकजाँचको क्रममा अस्वस्थ भएको पाइए छुट्टै आइसोलेसनमा राखेर उपचार गर्न लगाइएको पनि उहाँले बताउनुभयो ।

दशैंको बेला काठमाडौंका खसीबोका बजारमा देशका विभिन्न स्थान तथा भारतदेखि समेत खसीबोका र च्याङ्ग्रा ल्याएर विक्री वितरण शुरु भइसकेको छ ।

यस्तो अवस्थामा अस्वस्थ पशुको विक्री वितरण हुन सक्ने भन्दै महानगरपालिकाले अनुगमन गरी स्वस्थ र अस्वस्थ पशु छुट्याई स्वस्थ पशुको सिङमा हरियो रङ र अस्वस्थको सिङमा रातो रङ लगाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *