Main News

कोरोनाको भयावह रोक्न तत्काल लकडाउन शुरु गर्न बाँकेका चिकित्सकहरुको माग

हिमालय टिभी
२०७७ कार्तिक १ गते १३:२०
कोरोनाको भयावह रोक्न तत्काल लकडाउन शुरु गर्न बाँकेका चिकित्सकहरुको माग

१ कात्तिक, २०७७ बाँके । बाँकेमा कोरोना संक्रमितको अवस्थालाई भयावह बन्नबाट रोक्न तत्कालै लकडाउन शुरु गर्न चिकित्सकले माग गरेका छन् ।

पछिल्ला दिनमा बाँकेका अस्पतालमा दैनिक २ देखि ३ जनाको मृत्यु हुने गरेको छ । बाँकेमा मृत्यु दर १ दशमलब २ प्रतिशतमा उक्लिएको छ । संक्रमित हुनेको संख्या दैनिक ५० को हाराहारीमा छ ।

अस्पतालमा बेडको संख्या भरिँदै गएका कारण यस्तै अवस्था रहे बिरामीले अस्पतालमा बेड र समयमै उपचार पाउन नसक्ने अवस्था उत्पन्न हुने चिकित्सकको आँकलन छ ।

चिकित्सकले लकडाउन गर्न सुझाव दिएका कारण कोरोना नियन्त्रणका लागि के गर्ने भन्ने विषयमा गहन छलफल भइरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताउनुभयो ।

कोरोना संक्रमितको उपचारका लागि भेरी अस्पतालमा ७२ र मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा १ सय बेडको कोरोना वार्ड संचालन गरिएको छ । चाडपर्ब सुरु भइसकेका कारण बजारमा भिडभाड बढ्दै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *