खेलकूद

आइपीएलमा कोलकातालाई ८ विकेटले हराउँदै मुम्बई इन्डियन्स पुनः शीर्ष स्थानमा

हिमालय टिभी
२०७७ कार्तिक १ गते ७:२९
आइपीएलमा कोलकातालाई ८ विकेटले हराउँदै मुम्बई इन्डियन्स पुनः शीर्ष स्थानमा

१ कात्तिक, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आइपीएल) मा साविक विजेता मुम्बई इण्डियन्स पुनः शीर्ष स्थानमा उक्लिएको छ ।

आइपीएलअन्तर्गत कोलकाता नाइट राइडर्समाथि ८ विकेटको सहज जित निकाल्दै मुम्बई फेरी तालिकाको शीर्ष स्थानमा पुगेको हो । १ सय ४९ रनको लक्ष्य मुम्बईले १६ दशमलव ५ ओभरमै मात्र २ विकेटको नोक्सानीमा भेट्टाएको थियो ।

मुम्बईको जितमा क्विन्टन डिककले नटआउट ७८ रन जोडे । त्यस्तै कप्तान रोहित शर्मा ३५ रनमा आउट हुँदा हार्दिक पाण्ड्या २१ रनमा अविजित रहे । बलिङमा कोलकाताका वरुण चक्रवर्ती र शिवम् माभीले एक(एक विकेट लिए ।

यसअघि आबुधाबीस्थित शेख जायद रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४८ रन बनाएको थियो ।

कोलकाताका प्याट कुमिन्स ५३ तथा कप्तान इयोन मोर्गन ३९ रनमा अविजित रहे । बलिङतर्फ मुम्बईका राहुल चहरले दुई विकेट हात पारे । डिकक म्यान अफ द म्याच भए ।

जारी प्रतियोगितामा मुम्बई र दोस्रो स्थानको दिल्लीको समान ८ खेलबाट समान १२(१२ अंक भएपनि मुम्बई रनरेटका कारण पहिलो स्थानमा छ । कोलकाता भने चोथौ स्थानमा रहेको छ ।

प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा राजस्थान रोयल्स र रोयल च्यालेञ्जर्स बेंग्लोर तथा दोस्रो खेलमा दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्स भिड्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्