Main News

कोरोनाबाट मरेका र अन्त्युष्टि गरिएकाको संख्या बाँझियो, तथ्याङ्क लुकाएको आशंका

हिमालय टिभी
२०७७ असोज ३० गते १८:४५
कोरोनाबाट मरेका र अन्त्युष्टि गरिएकाको संख्या बाँझियो, तथ्याङ्क लुकाएको आशंका

३० असोज, २०७७ काठमाडौं । सरकारकै दुई निकाय स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको तथ्यांकमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बाँझिएको छ ।

स्वास्थ्य मन्त्रालयले आजसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउने ७ सय १५ जना रहेको जनाएको छ । तर नेपाली सेनाले भने आजसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाएका ८ सय ८९ जनाको अन्त्येष्टि गरेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले ज्यान गुमाएका भनेको भन्दा नेपाली सेनाले अन्त्येष्टि गरेको संख्या १ सय ७४ बढी छ । केही ठाउँमा शंकास्पद कोरोना संक्रमितको शव गाउँलेले नउठाएपछि नेपाली सेनाले अन्त्येष्टि गरेको थियो ।

जस अनुसार सेनाले अन्त्येष्टि गरेकाको संख्या पाँच दश जना बढी भए सामान्य मान्न सकिन्थ्यो । तर यहाँ १ सय ७४ जना नै बढी देखिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *