समाज

भालुबाङमा भूकम्प तथा बाढीपहिरो जोखिमसम्बन्धी अध्ययन शुरु (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज ३० गते १६:१२
भालुबाङमा भूकम्प तथा बाढीपहिरो जोखिमसम्बन्धी अध्ययन शुरु (भिडियोसहित)

३० असोज, २०७७, नेपालगञ्ज । लुम्बिनी प्रदेशको राजधानी तोकिएको दाङको भालुबाङ्ग क्षेत्रमा भौगोलिक अध्ययन थालिएको छ । त्रिभुवन विश्वविद्यालयका भूर्भशास्त्रीसहितको टोलीले भूकम्प, बाढी पहिरो लगायतका जोखिम पत्ता लगाउन अध्ययन थालेको हो ।

त्रिभुवन विश्वविद्यालयका भूर्भशास्त्रीसहितको टोली प्रदेश ५ को राजधानी तोकिएको दाङको भालुबाङ्ग क्षेत्रको भू–बनोटको अध्ययनमा खटिएको छ ।

पोखरा–लमजुङदेखि पश्चिम र भारतको कुमाउदेखि पूर्वको क्षेत्रमा लामो समयदेखि ठूलो भूकम्प गएको छैन । लामो समयदेखि ठूलो भूकम्प नगएको ठाउँमा भूकम्पको जोखिम धेरै हुनेगर्छ ।

भूगर्भ शास्त्रीको टोलीले भालुबाङ क्षेत्रको भू–बनोटले भूकम्पीय जोखिमलाई कतिसम्म थेग्न सक्छ भन्ने विषयमा पनि अध्ययन गर्नेछ । टोलीले लुम्बिनी प्रदेशको राजधानी भालुबाङ क्षेत्रको भू–बनोटको अवस्था अध्ययन गरेर यहाँ भूकम्पको के कस्तो जोखिम छ भन्ने पत्ता लगाउनेछ ।

प्रदेश ५ को राजधानी तोकिएसँगै यहाँ अब भौतिक संरचना बनाउनु पर्नेछ । त्यसैले यो अध्ययनबाट भूकम्पको जोखिम पत्ता लगाउने मात्र नभई बाढी, पहिरो, हावाहुरी लगायतका प्रकोपले पार्ने असरबारे थाहा पाउन सकिन्छ । यस्तै भौतिक संरचना बनाउँदा अपनाउनुपर्ने सावधानीका बारेमा पनि टोलीले सुझाव दिने छ ।

राप्ती नदीको यो तटीय क्षेत्रको जमिनको अवस्था फरक छ । यहाँको भू–बनोटका बारेमा थालिएको यो अध्ययन पुरा भएपछि प्रदेश राजधानीका लागि आवश्यक पर्ने नयाँ भौतिक संरचना निर्माण गर्दा सुरक्षित र बलियो उपाय अपनाइने छ । त्यसले संभावित विपतमा क्षति कम गराउन सहयोग पुग्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *