Political Hightlights

नेकपा कर्णाली प्रदेशका असन्तुष्ट पक्ष र अध्यक्ष प्रचण्डबीच छलफल

हिमालय टिभी
२०७७ असोज ३० गते १३:२५
नेकपा कर्णाली प्रदेशका असन्तुष्ट पक्ष र अध्यक्ष प्रचण्डबीच छलफल

३० असोज, २०७७ काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने नेता यमलाल कँडेलसहितको समूहले नेकपा अध्यक्ष पुष्पकमल प्रचण्डसँग छलफल गरेको छ ।

अध्यक्ष प्रचण्डलाई भेट्न कँडेल समूह आज बिहान नौ बजे खुमलटार पुगेको थियो । भेटमा प्रचण्डलाई कर्णालीमा भएको विवादबारे जानकारी गराइएको छ ।

कँडेलसहित मायाप्रसाद शर्मा र गुलाबजंग शाह खुमलटार पुगेका थिए । मुख्यमन्त्री शाही समूहले भने बिहीबार नै प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालसँग भेटेर विकसित घटनाक्रमबारे जानकारी गराएका थिए ।

मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव पेस भएपछि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले कर्णालीका मुख्यमन्त्रीसहित नेताहरुलाई काठमाडौं बोलाएका थिए ।

मुख्यमन्त्री शाही पक्षका नेताहरु बुधबार नै काठमाडौं आएका थिए भने कँडेल पक्षका नेताहरु बिहीबार आएका हुन् । तर, दुवै समूहलाई एकै ठाउँ राखेर छलफल गर्नेबारे केही टुंगिएको छैन ।

बिहीबार मन्त्रिपरिषद् पुनर्गठनका कारण प्रधानमन्त्री एवम् अध्यक्ष ओलीले भेटवार्ता गर्न भ्याउनुभएको थिएन । शाहीविरुद्ध नेकपाकै १८ सांसदले अविश्वास प्रस्ताव दर्ता गरेको भए पनि नेता नेपाल पक्षका सांसदहरु पछि हटेपछि मुख्यमन्त्री पद जोगिएको छ ।

नेता नेपाल खेमाका तीन सांसदलाई मन्त्री बनाउने मुख्यमन्त्री शाहीले सहमति गरेका छन् भने सचेतक नियुक्त गरिसकेका छन् । तर, कँडेलले भने अविश्वासको प्रस्ताव फिर्ता भइनसकेको बताउँदै आउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्