Main News

बुढीगण्डकीमा ९ अर्ब तीन नेताले बाँडेर खाएको भन्ने आरोप निराधारः प्रम ओली (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज ३० गते १३:०९
बुढीगण्डकीमा ९ अर्ब तीन नेताले बाँडेर खाएको भन्ने आरोप निराधारः प्रम ओली (भिडियोसहित)

३० असोज, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुढीगण्डकी जलविद्युत आयोजनामा तीन नेताले ९ अर्ब बाँडेर खाएको भन्ने आरोप निराधार भएको बताउनुभएको छ ।

नेपाल प्रहरीको ६५औँ प्रहरी दिवसका अवसरमा प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको आरोपको प्रतिवाद गर्नुभएको हो । प्रधानमन्त्री ओलीका अनुसार बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णयसमेत नभएको र त्यो बन्छ बन्दैन भन्ने समेत निश्चित नभएको बताउनुभयो ।

डाक्टर भट्टराई अभिव्यक्ति गैरजिम्मेवार र निराधार भएको प्रधानमन्त्री ओलीको भनाइ छ । डाक्टर भट्टराईले गलत सूचना दिएर जनता भड्काएर गलत बाटोमा लैजान खोजेको उहाँले आरोप लगाउनुभयो ।

पूर्व प्रधानमन्त्री भट्टराईले बुढीगण्डकीमा भ्रष्टाचार गरिएको भन्दै छानबिनको माग गर्नुभएको छ । केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले नौ अर्ब मिलेर भ्रष्टाचार गरेको भन्ने आरोपको नेकपा र कांग्रेस दुवैले खण्डन गरेका छन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले बलात्कारका घटनामा मिलापत्र कुनै हालतमा अस्वीकार्य भएको पनि बताउनुभयो । यो निन्दनीय र मानवता विरोधी अपराध भएको भन्दै प्रधानमन्त्री ओलीले निकट भविष्यमा अझ कडा कानून ल्याउने तयारीमा सरकार रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *