Main News

कास्की र चितवनमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ असोज ३० गते १२:५३
कास्की र चितवनमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि

३० असोज, २०७७ काठमाडौं । कास्की र चितवनमा गरिएको परीक्षणमा थप एक सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै आज थप ७८ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।

क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा उनीहरूमा संक्रमणको पुष्टि भएको जानकारी दिइएको छ । तनहुँ,गोरखा, लमजुङ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा संक्रमित फेला परेका हुन् ।

उता चितवनमा २ वर्षका बालकसहित थप ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड –१९ ल्यावमा गरिएको ३०५ जनाको स्वाब परीक्षणमा ५५ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये ५१ जना चितवनका हुन् भने बाँकी ४ जनामा तीन जना पाल्पाका र एक जना रूपन्देहीका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *