Main News

नयाँ मन्त्रीको नियुक्तिसँगै ९ जना सचिवको सरुवा

हिमालय टिभी
२०७७ असोज ३० गते ८:१३
नयाँ मन्त्रीको नियुक्तिसँगै ९ जना सचिवको सरुवा

३० असोज, २०७७ काठमाडौं । सरकारले ९ जना सचिवको सरुवा गरेको छ । नवनियुक्त मन्त्रीसहित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरूको हेरफेर गरेको हो ।

सिँचाइ सचिव रवीन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई भने जल तथा ऊर्जा आयोगमा पठाइएको छ ।

प्रधानमन्त्री कार्यालयका सचिव यादव कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ । सो मन्त्रालयका सचिव सूर्य गौतमलाई भने युवा तथा खेलकूद मन्त्रालयमा सरुवा गरिएको छ ।

जल तथा ऊर्जा आयोगका सचिव रमेशप्रसाद सिंहलाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ । तत्कालीन सचिव केदारबहादुर अधिकारीको अवकासपछि रिक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयको जिम्मेवारी सचिव एकनारायण अर्याललाई दिइएको पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जनाकारी दिनुभयो ।

प्रधानमन्त्रीका कार्यालयका अर्का सचिव केदार न्यौपानेलाई उपराष्ट्रपति कार्यालय सरुवा गरिएको छ भने कार्यालयका सचिव खगराज बराललाई भने प्रधानमन्त्री कार्यालयमा ल्याइएको छ ।

यस्तै मन्त्रिपरिषद् बै‌ठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीसहित सबैबाट ठूलो अपेक्षा रहेको भन्दै समृद्धिको यात्रा तय गर्न ढुक्क भएर कार्यसम्पाद गर्न निर्देश दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *