राजनीति

मन्त्री गुरुङ र श्रेष्ठका दुःखः पदभार ग्रहण गर्दा यसो भने…(भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २९ गते २०:४१
मन्त्री गुरुङ र श्रेष्ठका दुःखः पदभार ग्रहण गर्दा यसो भने…(भिडियोसहित)

२९ असोज, २०७७ काठमाडौं । मन्त्रिपरिषद विस्तार हेरफेर गर्दा पार्वत गुरुङ्लाई संचार तथा सूचना प्रविधि मन्त्रालय दिने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम धेरैलाई आश्चर्यजनक लाग्यो । कतिपयले प्रधानमन्त्रीको कदमलाई गलत पनि भने ।किनकी ठूलो मन्त्रालय दिइएको र उहाँले नुबझेको कतिपयको टिप्पणी छ ।

त्यस्तै शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र राज्यमन्त्री रामवीर मानन्धरसँग मिल्नु हुने भन्ने पनि कतिपयको आशंका छ । शायद त्यसैले होला दुवै मन्त्रीले आज पदभार ग्रहण गर्दा त्यसलाई चिर्ने कोशिस गर्नुभयो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हालिरहेका पार्वत गुरुङको जिम्मेवारी बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि दिनुभयो । विहीवार संचार तथा सूचना प्रविधि मन्त्रालयको नयाँ जिम्मेवारी सम्हाल्नुभयो ।

संचार मन्त्रालयको जिम्मेवारी दिईएपछि गुरुङका बारेमा विभिन्न टिकाटिप्पणी भैरहेका छन । कतिपयले मन्त्रालय नबुझेको भनिरहेका छन भने कतिपयले सरकारका निर्णयहरु सार्वजनिक गर्नुपर्ने जिम्मेवारीको मन्त्रालय उहाँले सम्हाल्न सक्नुहोला भन्ने आशंका पनि गरेका छन । त्यसैले यी टिकाटिप्पणीबाट जानकार मन्त्री गुरुङले कर्मचारीलाई सचेत गराउँदै त्यस्तो नठान्न र गलत बाटो नदेखाउन सचेत गराउनुभयो ।

त्यति मात्रै होइन, सबै कर्मचारीका सूचनालाइ राम्रोसँग केलाउने र गलत सूचना दिएर आफूलाई बराल्न खोजे चिनेर कारवाही गर्ने चेतावनी पनि दिनुभयो ।

जिम्मेवारी हेरफेर भएका मन्त्री गुरुङका बारेमा मात्रै होइन, नवनियुक्त शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठका बारेमा पनि टिकाटिप्पणी भैरहेका छन । र, खास गरी मन्त्री श्रेष्ठको राज्यमन्त्री रामबीर मानन्धरसँग कुरो मिल्ला भन्ने आशंका छ ।

दुवै जना काठमाण्डौको नेवार समूदायका भएको र ईगो रहेको समेत चर्चा छ । शायद त्यसैले हुन सक्छ पदभार ग्रहण गर्दै गर्दा पटक पटक मिलेर काम गर्ने भन्दै मन्त्री श्रेष्ठे राज्यमन्त्री मानन्धरको मन जित्ने कोशिस गर्नुभयो ।

जिम्मेवारी फेरिएका र नयाँ जिम्मेवारीमा आएका मन्त्रीले आशंका मेट्ने काम गर्नु त राम्रो हो । तर मुख्य कुरा व्यवहार र काम हो । जुन केही समयमै देखिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्