राजनीति

यस्तो छ नवनियुक्त अर्थमन्त्री पौडेललाई विज्ञको सुझाव (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २९ गते २०:०८
यस्तो छ नवनियुक्त अर्थमन्त्री पौडेललाई विज्ञको सुझाव  (भिडियोसहित)

२९ असोज, २०७७ काठमाडौं । झन्डै २ महिनाको अन्तरालपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थ मन्त्रालयको जिम्मेवारी विष्णु पौडेललाई सुम्पनु भएको छ । तर दोश्रो पटक अर्थमन्त्रालयको नेतृत्व गरेका पौडेलको यो कार्यकाल अघिल्लो जतिको सहज छैन् ।

कोरोना महामारीले गर्दा अर्थतन्त्र संकटग्रस्त अवस्थामा मात्र छैन्, आम मानिसका निम्ति दुई छाक पेटभरी खान नै धौधौ परिरहेको छ । यस्तो स्थितिमा सीमित स्रोतका माझ आर्थिक अनुशासनभित्रै रहेर अर्थतन्त्रलाई सही दिशा दिनुपर्ने चूनौती पौडेलसामु छ ।

धेरैको पूर्वाअनुमानका माझ प्रधानमन्त्री केपी शर्मा ओलीले विष्णु पौडेललाई अर्थमन्त्री बनाउनुभएको छ । यसअघि पनि ओलीको पहिलो सरकारमा अर्थमन्त्री रहेका पौडेलले दोश्रो पटक पनि त्यही जिम्मेवारी पाउनुभयो । तर यसपालीको अवस्था विगतको जस्तो सहज छैन् ।

अघिल्लो पटक भुकम्प र नाकाबन्दीबाट तंग्रिँदै गरेको अर्थतन्त्र हाँकेका पौडेलका सामु यसपाली कोरोना महामारीका कारण संकटग्रस्त अर्थतन्त्रलाई उकास्नु पर्ने जिम्मेवारी छ । यो वर्ष र आगामी वर्ष समेत आर्थिक वृद्धिदर १ प्रतिशतभन्दा तल झर्ने प्रक्षेपण छ ।

उद्योग कलकारखानासँगै व्यापार व्यवसायले गति लिन सकेको छैन् भने बेरोजगारी र गरिबी बढेर अरुले देला र खान पाइएला भनेर जनता लाइनमा बस्न बाध्य छन् । राजस्व संकलन कम हुँदा सरकारी ढुकुटी दबाबमा त छ नै अर्थतन्त्रका करिब सबै सूचकसमेत नकारात्मक छन् ।

अहिले कोरोना संक्रमण तिब्ररुपमा फैलिरहेको छ र यसकै असर स्वरुप अर्थतन्त्रको यो चित्र देखिएको हो । तर कोरोना महामारी अझ कति लम्बिने हो र त्यसले अर्थतन्त्रमा अझै कति असर गर्ने हो भन्ने यकिन छैन् । यस्तोमा अर्थतन्त्र हाँक्ने अर्थमन्त्री कमजोर बने त्यसको असर सबैतिर पर्ने अर्थविद्को भनाइ छ ।

अर्थतन्त्रबारे खास्सै ज्ञान नभएका र पहिलो पटक अर्थमन्त्री हुँदा आर्थिक अराजकता निम्त्याएको भन्दै पौडेलको आलोचना हुने गरेको छ । तत्काल कार्यान्वयनको सहमति दिन नसकिने आयोजनालाई बहुवर्षे ठेक्काको सहमति दिने गलत अभ्यास पौडेलकै पहिलो कार्यकालमा सुरु भयो ।

भुकम्प र नाकाबन्दीको मारबाट तंग्रिन खोजेको अर्थतन्त्रमा पर्ने असर ख्याल नगरी कर्मचारी र सामाजिक सुरक्षा भत्तासमेत पौडेलकै पालमा बढाइयो । सांसदलाई खूशी पार्न निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट १५ लाखबाट ५० लाख र निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको बजेट १ करोडबाट ३ करोड रुपैयाँ पुर्याएकोमा समेत पौडेल आलोचित हुनुहुन्छ । तर अघिल्लो कार्यकालजस्तो यसपाली आर्थिक सुशासन दायराबाहिर जाने र वितरणमुखी हुने छुट पौडेलसँग छैन् ।

अर्थ मन्त्रालयले लिने नीतिले सबै क्षेत्रलाई प्रभाव पार्छ । अझ कोरोना महामारीको मारमा परेका सबैले अर्थमन्त्रीका आगामी कदमको बाटो हेरेर बसेका छन् । त्यसैले संकटग्रस्त अर्थतन्त्र र सीमित स्रोतसाधनका माझ जनताका दुख र निजी क्षेत्रका अपेक्षाको तालमेल खोज्नु पौडेलको दायित्व हुनेछ ।

यी विषयमा पौडेल कसरी अघि बढ्नुहुन्छ र अर्थतन्त्रलाई कुन दिशा दिनुहुन्छ त्यसैले पौडेलको सफलतारअसफलता तय गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्