Main News

आज विश्व हात धुने दिवस चेतनामूलक कार्यक्रमसहित मनाइँदै

हिमालय टिभी
२०७७ असोज २९ गते ७:२८
आज विश्व हात धुने दिवस चेतनामूलक कार्यक्रमसहित मनाइँदै

२९ असोज, २०७७ काठमाडौं । आज विश्व हात धुने दिवस, कोरोनासहित विभिन्न सरुवा रोगको संक्रमण रोक्नका लागि समय समयमा हात धुने बानीको विकास गराउन चेतनामूलक कार्यक्रम गरिँदैछ ।

सरुवा रोगको सङ्क्रमण सबभन्दा बढी हातको फोहोरले हुने गरेको विभिन्न अध्ययनले देखाएको छ । नियमित सफासँग हातधुने बानी बसाल्दा धेरै सरुवा रोगबाट बच्न सकिने अध्ययनले देखाएको छ ।

त्यसैले हात धुने बानीको विकास गर्न हरेक वर्ष अक्टोबर १५ मा विश्व हात धुने दिवस मनाउने गरिन्छ । नेपालमा भने सरकारी तवरबाट यो दिवस मनाउन छाडिएको छ ।

कुनै बेला नेपालमा विश्व हात धुने दिवस मनाउने गरिए पनि अहिले त्यो प्रचलन हराएको छ ।
हातको फोहोरका कारण विभिन्न सरुवा रोग लाग्ने र त्यसबाट मानिसको मृत्यु हुने भएकाले समय समयमा साबुन पानीले मिचि मिचि हात धुन चिकित्सकहरुले सुझाव दिएका छन् ।

कोरोना महामारीका कारण विश्व नै आक्रान्त बनेका बेला भाइरस नियन्त्रणका लागि पनि नियमित साबुन पानीले हात धुनुपर्ने र दिवस मनाउँदा आम नागरिक अझै सचेत हुने चिकित्सकहरुले बताएका छन् ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले यो दिवस मनाउने औपचारिक कुनै निर्णय नभएको जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *