Main News

अस्पतालबाटै कोरोना सर्ने जोखिम, कसरी बच्ने ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २९ गते ६:३१
अस्पतालबाटै कोरोना सर्ने जोखिम, कसरी बच्ने ? (भिडियोसहित)

२९ असोज, २०७७ काठमाडौं । अहिले देशभरीका सबैजसो अस्पतालमा कोरोना संक्रमित छन् । गम्भीर समस्या देखिएपछि अस्पताल नै भर्ना हुने क्रम बढिरहेको छ । अस्पतालमा कोभिडका बिरामी बढेसँगै तीनै अस्पतालबाट कोरोना सर्ने जोखिम पनि बढेको छ ।

सर्वसाधारण नागरिकमा मात्र हैन स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण देखिने क्रम बढेको छ। संक्रमित हुनेमा कोरोना संक्रमितकै उपचारमा खटिएका पनि छन् । सरकारले सबै अस्पतालमा ३० प्रतिशत बेड कोभिड बिरामीका लागि छुट्याउन निर्देशन दियो ।

कोरोना संक्रमितको उपचार गर्नुपर्छ भनेर शुरुशुरुमा केही स्वास्थ्य संस्थाले त उपचार सेवा नै बन्द गरे । तर सरकारको निर्देशन अनुसार सबै जसो अस्पतालले कोरोना संक्रमित बिरामी पनि भर्ना गर्नु पर्‍यो । जसले गर्दा अस्पताल नै कोरोना संक्रमणस्थल बन्न पुगे ।

चितवनमा मात्रै ३३ प्रतिशत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । अन्य जिल्लामा पनि स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिने क्रम बढ्दो छ । सरकारले निश्चित अस्पताललाई कोभिड अस्पतालको रुपमा विकास गर्ने र अन्य अस्पतालमा अरु रोगका विरामीको उपचार गर्न सके स्वास्थ्य संस्थालाई कोरोना संक्रमणको थलो बन्नबाट जोगाउन सकिन्छ ।

अस्पतालमा नै कोरोना सर्ने जोखिम बढ्दै गएकपछि सरकारले नै अति नै आवश्यक भए मात्र अस्पताल जान आग्रह गर्दै आएको छ । संक्रमितकै उपचार गर्ने चिकित्सकले पनि अस्पताल आउने पर्ने अवस्थामा पनि विषेश सावधानी अपनाउन सुझाव दिएका छन् ।

सरकारले काठमाडौं उपत्यकाका सबै अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय नै गरिसकेको छ । उपत्यका बाहिर पनि कोभिड अस्पताल छन् । तर कोभिड बाहेकका अन्य अस्पतालले पनि ३० प्रतिशत बेड कोरोना संक्रमितको लागि छुट्याउनुपर्ने भएपछि कोभिड बाहेकका अस्पतालमा पनि संक्रमित छन् ।

कोरोना संक्रमित र अन्य बिरामीलाई एउटै अस्पतालमा मिसमास गरेर उपचार गर्दा संक्रमणको जोखिम बढेको छ । त्यसैले चिकित्सकहरु कोभिड र ननकोभिड बिरामीलाई छुट्टाछुट्टै अस्पतालमा उपचार गर्नु पर्ने व्यवस्था गर्न सुझाव दिन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *