Main News

सर्लाहीमा प्रहरी र प्रदर्शनकारीबीच झडप, १९ प्रहरी र ३ जना प्रदर्शनकारी घाइते

हिमालय टिभी
२०७७ असोज २८ गते १५:१२
सर्लाहीमा प्रहरी र प्रदर्शनकारीबीच झडप, १९ प्रहरी र ३ जना प्रदर्शनकारी घाइते

२८ असोज, २०७७ काठमाडौं । दलित हत्याको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय सर्लाही घेराउ गर्न पुगेको कांग्रेस सांसद अमरेशकुमार सिंहसहितको टोली र प्रहरीबीच झडप भएको छ। झडपमा १९ प्रहरी र ३ प्रदर्शनकारी घाइते भएका छन् ।

सांसद सिंहको नेतृत्वमा सयौं मानिस जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेका थिए। त्यसक्रममा उनीहरूले जिल्ला प्रहरी कार्यालयमा ढुंगा प्रहार गर्दा १५ प्रहरी र ४ सशस्त्र प्रहरी घाइते भएका छन् ।

प्रहरीले लाठी चार्ज गर्दा तीन प्रदर्शनकारी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । असोज २२ गते टोलटोलबीच ढुंगा हानाहान हुँदा ढुंगाले लागेर सिसौट रामनगर गाउँपालिकाका ६५ वर्षीय महेन्द्र रामको हत्या भएको थियो।

त्यसमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरिसके पनि आफन्तले अहिलेसम्म शव बुझेका छैनन्। मृतकको शव अहिले वीरगन्जस्थित प्रादेशिक अस्पतालमा छ।

आफन्तले १० लाख क्षतिपूर्तिसहित सहिद घोषणा गर्न माग गरिरहेका छन् । उनीहरूले घटनामा संलग्न नभएकालाई पनि पक्राउ गरी कारबाही गर्न माग गरेको प्रहरीको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *