Main News

विदेशी च्यानल आगामी कात्तिक ७ सम्म विज्ञापनमुक्त भइसक्नुपर्छः सञ्चार मन्त्रालय

हिमालय टिभी
२०७७ असोज २८ गते १३:१८
विदेशी च्यानल आगामी कात्तिक ७ सम्म विज्ञापनमुक्त भइसक्नुपर्छः सञ्चार मन्त्रालय

२८ असोज, २०७७ काठमाडौं । सरकारले नेपालमा प्रसारण हुने सबै विदेश च्यानलले आगामी कात्तिक ७ गतेसम्ममा विज्ञापनमुक्त हुनैपर्ने बताएको छ ।

विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ अनुसार विदेशी टेलिभिजन च्यानललाई कात्तिक ७ गतेसम्म क्लिन फिड भइसक्नुपर्ने सरकारले स्मरण गराएको हो ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले ऐनको मर्म र भावना अनुरुप नै क्लिफिडसहितको च्यानल प्रसारण गर्न आग्रह गरेको छ । त्यसो नभएमा कानून बमोजिम कारवाही हुने समेत बताएको छ।

कात्तिक ७ गतेपछि नेपालमा प्रसारण हुने विदेशी च्यानलमा विज्ञापन बजाउन पाइँदैन । यसमा अटेरी भएमा त्यस्ता च्यानल बन्द गर्ने कानूनी व्यवस्था छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै भारतीय ब्राडकाष्टर्स फोरम, डिस्कभरी नेटवर्क्स, बीबीसी न्यूज, नेपाल केवल टेलिभिजन महासंघ जस्ता संघसंस्थाबाट क्लिन फिड प्रसारणको म्याद थप्न माग गरिएकोमा आफ्नो ध्यानाकर्षण भएको पनि जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *