Political Hightlights

नेकपा उपाध्यक्ष गौतमको योग्यतासम्बन्धी मुद्दाको सुनुवाइ दशैंअघि नहुने

हिमालय टिभी
२०७७ असोज २८ गते १२:५४
नेकपा उपाध्यक्ष गौतमको योग्यतासम्बन्धी मुद्दाको सुनुवाइ दशैंअघि नहुने

२८ असोज, २०७७ काठमाडौं । राष्ट्रिय सभा सदस्यमा मनोनीत नेकपाका उपाध्यक्ष वामदेव गौतमको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको निरुपण अब दशैंअघि नहुने देखिएको छ ।

न्यायाधीशको संख्या नपुगेकाले आज पनि संवैधानिक इजलास स्थगित भएको छ । त्यसैले दशैंअघि गौतमको मुद्दाको किनारा लाग्ने सम्भावना लगभग टरेको छ ।

अब घटनास्थापनाअघि पर्सि शुक्रबार मात्रै संवैधानिक इजलास तोकिनेछ । तर कोरोना संक्रमणका कारण अधिकांश न्यायाधीश क्वारन्टिन र केही आइसोलेसनमा रहेकाले हरेक दिन २–३ जना न्यायाधीशले मात्रै सर्वोच्चमा सुनुवाइ गरिरहेका छन् ।

आज चार जना न्यायाधीश उपस्थित भएकोमा एउटा संयुक्त र दुईवटा एकल इजलास मात्रै गठन भएका छन् । आगामी शनिबार घटस्थापना हो । घटस्थापनापछि देशभरका न्यायालयमा सार्वजनिक बिदा हुन्छ । बन्दी प्रत्यक्षीकरणको निवेदन सुनुवाइका लागि सर्वोच्च अदालतलगायत आंशिक रुपमा मात्रै खुल्छन् ।

कोजाग्रत पूर्णिमाअघि अड्डाअदालत नखुल्ने भएकाले त्यसपछि मात्रै गौतमको मुद्दा सुनुवाइका लागि संवैधानिक इजलास गठनको सम्भावना देखिएको छ ।

यसअघिको अन्तरिम आदेशका कारण गौतमले राष्ट्रिय सभामा उपस्थित हुनेबाहेक अरु कुनै जिम्मेवारी पाउनुहुने छैन । अर्को सुनुवाइबाट टुंगो नलाग्दासम्म गौतमले कुनै जिम्मेवारी पाउनु हुने छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्