Main News

दुग्ध विकास संस्थानबाट १६ करोड बराबरको म्याद नाघेको घ्यु बरामद

हिमालय टिभी
२०७७ असोज २७ गते १९:१९
दुग्ध विकास संस्थानबाट १६ करोड बराबरको म्याद नाघेको घ्यु बरामद

२७ असोज, २०७७ काठमाडौं । दुग्ध विकास संस्थानमा १६ करोड रुपैयाँ मूल्य बराबरको म्याद नाघेका नौनी घ्यू बरामद गरेको छ ।

काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले संस्थानको दुग्ध वितरण आयोजना बालाजुमा १ लाख ९४ हजार ९ सय ७५ केजी म्याद नाघेको नौनी घ्यू फेला पारेको हो ।

म्याद नाघेको नौनी घ्यू २५ केजी तौलको कार्टुनमा राखिएको अवस्थामा भेटिएको हो । यसरी फेला परेका नौनीको प्याकमा उत्पादन मिति नलेखिएको र लेखेकोमा म्याद नाघेको भेटिएको छ।

यस्तै धेरैजसोमा ‍फ्याट कति प्रतिशत छ भन्ने पनि उल्लेख नभएको पाइएको अनुगमन टोलीले जनाएको छ । सरकारी संस्थानमै म्याद नाघेका मख्खन फेला परेपछि अनुगमन टोलीले आवश्यक कारवाहीको प्रकृया अघि नबढाई फर्किएको छ ।

अनुगमन टोलीले डीडीसीको घिउ उत्पादन हुने कक्षको पूर्वाधार सुधार र सरसफाइ गर्न पनि निर्देशन मात्र दिएको छ । यद्यपि यसबारे वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागलाई अवगत गराइएको टोलीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *