Political Hightlights

नेकपा कर्णाली प्रदेश विवादमाथि छलफल गर्न दुवै पक्षलाई काठमाडौं बोलाउने सहमति

हिमालय टिभी
२०७७ असोज २७ गते १७:०७
नेकपा कर्णाली प्रदेश विवादमाथि छलफल गर्न दुवै पक्षलाई काठमाडौं बोलाउने सहमति

२७ असोज, २०७७ काठमाडौं । सत्तारुढ नेकपाभित्र कर्णाली प्रदेशमा देखिएको विषयमा छलफल गर्न दुवै पक्षलाई काठमाडौं बोलाइएको छ ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दुवै पक्षलाई काठमाडौं बोलाएर छलफल गर्ने सहमति भएको हो ।

बिहीबार प्रदेश इन्चार्ज जनार्दन शर्मा, सहइन्चार्ज यामलाल कँडेल, अध्यक्ष गोरख बोगटी, सचिव मायाप्रसाद शर्मा, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायतको टोलीसँग ओली र प्रचण्डले छलफल गर्नुहुनेछ ।

दुवै पक्षसँग छलफल गरेर निष्कर्षमा पुग्ने दुई अध्यक्षबीच सहमति भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्