Main News

एन्टिजेन परीक्षण एक हजार रुपैयाँ तोकियो

हिमालय टिभी
२०७७ असोज २७ गते १७:०३
एन्टिजेन परीक्षण एक हजार रुपैयाँ तोकियो

२७ असोज, २०७७ काठमाडौं । कोरोना संक्रमण समुदायस्तरमा फैलिदै जाँदा स्वास्थ्य मन्त्रालयले एन्टिजेन परीक्षण समेत अघि बढाउने निर्णय गरेको छ ।

मन्त्रालयले ‘परीक्षण मापदण्ड’ परिमार्जन गर्दै एन्टिजेन परीक्षणका लागि अनुमति दिएको हो । यो परीक्षणका लागि मन्त्रालयले १ हजार रुपैयाँ शुल्क पनि तोकेको छ ।

एन्टिजेनबाट छिटो र धेरै जनाको परीक्षण गर्न सकिन्छ । परीक्षणका लागि मन्त्रालयले केही मापदण्ड पनि तय गरेको छ ।

यसरी टेष्ट गर्दा पोजेटिभ आएकाहरुको रिपोर्ट उपत्यकाको हकमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र बाहिर सम्बन्धित स्वास्थ्य कार्यालयलाई पनि जानकारी गराउनुर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *