खेलकूद

नेपाल क्रिकेट संघ साधारणसभा फेरि पनि स्थगित

हिमालय टिभी
२०७७ असोज २६ गते १८:५३
नेपाल क्रिकेट संघ साधारणसभा फेरि पनि स्थगित

२६ असोज, २०७७ काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभा फेरि पनि स्थगित भएको छ ।

असोज २८ र २९ गतेका लागि बोलाइएको साधारणसभा पदाधिकारीको स्वास्थ्यका कारण अनिश्चितकालका लागि स्थगित गरिएको क्यानले जनाएको छ ।

क्यानका अध्यक्ष र सचिव कोरोना संक्रमणका कारण आइसोलेसनमा छन् । अध्यक्ष चतुरबहादर चन्दले विज्ञप्ति जारी गरेर अर्को सूचना जारी नभएसम्मका लागि साधारणसभा स्थगित गरेको जनाएका छन् ।

असोज ६ गते चितवनको सौराहामा बसेको बोर्ड बैठकले साधारणसभाको मिति लगायत खेलाडीको नयाँ वर्गीकरण गरेको थियो । गत वर्ष नयाँ कार्यसमिति निर्वाचित भएपछि क्यानले वार्षिक साधारणसभा गरेको छैन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्