Main News

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार र मृतकको संख्या १ सय नाघ्यो

हिमालय टिभी
२०७७ असोज २६ गते १३:१४
प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार र मृतकको संख्या १ सय नाघ्यो

२६ असोज, २०७७, विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । कोरोना संक्रमणका कारण मृतकको संख्या पनि एक सय नाघेको छ ।

कोरोना संक्रमितको संख्या दश हजार ३ सय पुगेको छ । संक्रमणका कारण मृत्यु हुनेको संख्या १०४ पुगेको छ ।

कोरोना संक्रमणका कारण प्रदेश एकमा आइतबार मात्रै सात जनाको मृत्यु भएको थियो । आज बिहान थप दुई जनाको मृत्यु भएको छ ।

मृतकमध्ये प्रदेश १ स्थायी ठेगाना भएका ८८ र अन्य प्रदेशका १५ जना रहेको कोभिड १९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन समिति संयोजक डा. सरोज विसालले जानकारी दिनुभयो ।

प्रदेश १ को मोरङका ४५, सुनसरीका ३०, झापाका १०, ताप्लेजुङ, धनकुटा र उदयपुरका १–१ जनाको मृत्यु भएको हो । संक्रमितमध्ये डिस्चार्ज हुनेको संख्या ४ हजार ८१२ पुगेको छ ।

प्रदेश १ मा १ लाख ३७ हजार ५ सय १७ जनाको कोरोना परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा विभिन्न जिल्लाका ८ वटा प्रयोगशालाबाट कोरोना परीक्षण हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *