खेलकूद

दिल्लीलाई ५ विकेटले हराउँदै मुम्बई आईपीएलको शीर्ष स्थानमा फर्कियो

हिमालय टिभी
२०७७ असोज २६ गते ७:४२
दिल्लीलाई ५ विकेटले हराउँदै मुम्बई आईपीएलको शीर्ष स्थानमा फर्कियो

२६ असोज, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आइपीएल) मा साविक विजेता मुम्बई इण्डियन्स शीर्ष स्थानमा फर्किएको छ ।

आइपीएल अन्तर्गत शीर्ष स्थानको दिल्ली क्यापिटल्समाथि ५ विकेटको जित निकाल्दै मुम्बईले फेरी तालिकाको शीर्ष स्थान कब्जा गरेको हो ।

१ सय ६३ रनको लक्ष्य मुम्बईले खेल सकिन दुई बल अगावै ५ विकेटको नोक्सानीमा पूरा गरेको थियो । मुम्बईका क्विन्टन डिकक र सूर्यकुमार यादवले समान ५३(५३ रन जोडे । त्यस्तै इशान किशन २८ रनमा आउट भए ।

बलिङमा दिल्लीका काशिगो रबाडाले दुई विकेट लिए । यसअघि आबुधाबीस्थित शेख जायद रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो ।

दिल्लीका शिखर धवन ६९ रनमा अविजित रहे । त्यस्तै कप्तान श्रीयस अइयरले ४२ रन बनाए । बलिङतर्फ मुम्बईका क्रुनल पाण्ड्याले दुई विकेट हात पारे ।

जारी प्रतियोगितामा मुम्बई र दोस्रो स्थानको दिल्लीको समान ७ खेलबाट समान १०–१० अंक भएपनि मुम्बई रनरेटका कारण पहिलो स्थानमा रहेको छ ।

प्रतियोगिता अन्तर्गत आज रोयल च्यालेञ्चर्स बेंग्लोर र कोलकाता नाइट राइडर्सबीच खेल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्