कोरोना महामारीबीच समाजवादीलाई सभाको मोह

हिमालय टिभी
२०७७ असोज २५ गते १८:१३
कोरोना महामारीबीच समाजवादीलाई सभाको मोह

२५ असोज, २०७७, वीरगञ्ज । जनता समाजवादी पार्टीले सोमबार र मंगलबार आयोजना गर्न लागेको कार्यक्रम रोक्न माग गर्दै स्थानीयले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।

पटकपटक कार्यक्रम नगर्न आग्रह गर्दासमेत नमानेपछि सखुवा प्रसौनीका स्थानीय बासिन्दाले जिल्ला प्रशासन कार्यालयलाई नियम मान्न र कार्यक्रम स्थगन गराउन ज्ञापन पत्र बुझाएका हुन् ।

कोरोना महामारीको हटस्पट बनेको वीरगञ्जमा अहिले जाँचलाई खुकुलो बनाएर निषेधाज्ञा हटाइएको छ ।

निषेधाज्ञा हटाए पनि संक्रमितको संख्या कम भइनसकेको अवस्थामा पूर्वप्रधामन्त्री बाबुराम भट्टराई र समाजवादीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको निर्देशनमा पर्साको विन्दवासनी गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका र ठोरी गाउँपालिकामा भोलि २६ र पर्सि २७ गते पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको छ ।

९ दिन अगाडि मात्रै वडा नम्बर १ कै कार्याक्रमस्थल नजिकै ६० वर्षका उत्तमकुमार चौधरीको कोरोना संक्रमणले मृत्यु भएको थियो ।

अहिले सोही टोलका ३ जना कार्यक्रमस्थलको अर्कोपट्टी रहेको श्री भोलेशंकर निम्न माध्यमिक विद्यालयको आइसोलेसनमा राखिएको छ । तथापी गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले पार्टी प्रवेशको कार्यक्रम गराउन लागेको स्थानीयको आरोप छ ।

प्रमुख जिल्ला अधिकारी आसमान तामाङ्गले महामारीको बेला सरकारले दिएको मापदण्ड पालना गराउने र कुनै पनि त्यस्तो सभा सम्मेलन हुन नदिने बताएका छन् ।
प्रणय साह

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *