Main News

काठमाडौं उपत्यकामा कोरोना संक्रमण भयावह, स्वास्थ्य संरचनाले नधान्ने त्रास (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २५ गते १८:०३
काठमाडौं उपत्यकामा कोरोना संक्रमण भयावह, स्वास्थ्य संरचनाले नधान्ने त्रास (भिडियोसहित)

२५ असोज, २०७७, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमण भयावह बनेको भन्दै व्यवस्थापन चुनौतिपूर्ण रहेको बताएको छ ।

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न भएको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरसको महामारीविरुद्धको लडाईंमा काठमाडौं पछि परेको बताउनुभयो ।

उहाँले कोरोना नियन्त्रणमा कतिपय जिल्लाले उदाहरणीय प्रयास गरे पनि काठमाडौंको व्यवस्थापनमा गम्भीर चुनौती देखिएको बताउनुभयो ।

४० लाख जनसंख्या भएको काठमाडौंमा कोरोना भाइरस अनियन्त्रित बनेमा अवस्था भयावह हुने भन्दै प्रवक्ता ज्ञवालीले संक्रमितको संख्या बढ्दै गएमा स्वास्थ्य संरचनाले नधान्ने बताउनुभयो ।

मन्त्री ज्ञवालीले यस वर्ष दसैँलगायतका चाडवाड उल्लासका साथ मनाउने अवस्था नभएको भन्दै आफ्ना अभिभावक र मान्यजनलाई कोरोनाबाट जोगाउन सबै सचेत हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *