Main News

सूचना विभाग अगाडी पत्रकारले लालटिन बालेर गरे प्रदर्शन

हिमालय टिभी
२०७७ असोज २५ गते १७:५६
सूचना विभाग अगाडी पत्रकारले लालटिन बालेर गरे प्रदर्शन

२५ असोज, २०७७ काठमाडौं । विभिन्न बाहानामा पत्रकारहरुलाई जागिरबाट निकाल्ने, समयमा तलब नदिने र बेतलबी विदामा राखेर दुःख दिएको भन्दै सूचना तथा प्रशारण विभाग अगाडी प्रदर्शन गरिएको छ ।

नेपाल पत्रकार महासंघको नेतृत्वमा विभिन्न सञ्चार माध्यमका पीडित पत्रकाहरुले लालटिन बालेर विभाग अगाडी प्रदर्शन गरेका हुन् । पत्रकारको हक हितका लागि सरकारले समेत आफ्नो दायित्व निर्वाह नगरेको नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले बताउनुभयो ।

सरकारलाई दबाव दिन विभाग अगाडी लालटिन बाँधेर प्रदर्शन गरिएको उहाँको भनाइ छ । लकडाउनपछि पत्रकारलाई जागिरबाट निकाल्ने, बेतलबी विदामा राख्ने, अनेक किसिमका दुःख दिने क्रियाकलाप गरेको भन्दै महासंघले प्रदर्शन गरेको महासचिव विष्टले बताउनुभयो ।

सञ्चारमाध्यमहरुले समस्या समाधानका लागि तदारुकता नदेखाए थप दबाव सिर्जना गर्न अवरोध गर्ने सम्मका कार्यक्रम गर्न महासंघ बाध्य हुने उहाँले बताउनुभयो ।

कोरोनालाई बहाना देखाएर विभिन्न सञ्चारध्यमहरुले पत्रकारहरुलाई जागिरबाट निकाल्ने र बेतलबी विदामा राखेका छन् । जागिरबाट निकालिएका पत्रकारहरु अहिले आन्दोलित छन् । पत्रकार महासंघले समेत उनीहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *