Political Hightlights

बुढीगण्डकीमा भ्रष्टाचार भएको प्रमाण दिन डा. भट्टराईलाई कांग्रेसको चुनौती

हिमालय टिभी
२०७७ असोज २५ गते १७:१५
बुढीगण्डकीमा भ्रष्टाचार भएको प्रमाण दिन डा. भट्टराईलाई कांग्रेसको चुनौती

२५ असोज, २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बुढीगण्डकी जलविद्युत आयोजनामा भ्रष्टाचार भएको प्रमाण देखाउन पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई चुनौती दिएको छ ।

नेपाली कांग्रेसले विज्ञप्ति निकालेर बुढीगण्डकीमा प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ बाँडेर खाएको भन्ने आरोपको पुष्टि गर्न चुनौती दिएको हो ।

बुढीगण्डकी बारे ज्वलन्त प्रश्न सम्बन्धी तथ्यमा गहिरो अध्ययन र सार्थक पहल गर्नुभन्दा सस्तो टिप्पणीमै बौद्धिकता देख्ने डाक्टर भट्टराईमा भ्रम रहेको कांग्रेसको टिप्पणी छ । तर प्रधानमन्त्री जस्तो उच्च दायित्व सम्हालिसकेका नेताले प्रमाण छ भनेकाले प्रमाण पेश गर्नुपर्ने कांग्रेसको तर्क छ ।

आवेगको भरमा गर्ने टिप्पणीले क्षणिक लाभ दिए पनि सम्बन्धित व्यक्तिको ओज र राजनीतिको गरिमा नबढ्नेतर्फ कांग्रेसले भट्टराईको ध्यानाकर्षण गरेको छ ।

कांग्रेसले भट्टराईको आरोपका विषयमा गहिरो अनुसन्धान गर्न सञ्चार माध्यम र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अपील गरेको छ ।

तीन दिनअघि पूर्व प्रधानमन्त्री भट्टराईले गोरखामा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले बुढीगण्डकी आयोजनामा ९ अर्ब रुपैयाँ बाँडेर खाएको गम्भीर आरोप लगाउनुभएको थियो ।

त्यसैमा कांग्रेसले आपत्ति जनाएको हो । तर कांग्रेसले स्वदेशी लगानीमै बनाउने तयारी भएको आयोजना हठात चिनियाँ कम्पनी गेजुवालाई दिइएको भन्दै आपत्ति जनाएको छ ।

बुढीगण्डकी आयोजना गेजुवालाई दिने ओली सरकारको निर्णयलाई नेपाली कांग्रेसले अपारदर्शी र आश्चर्यजनक भनेको छ । आफैले बनाउन सक्ने आयोजना अरुलाई सुम्पिनु ओली सरकारको राष्ट्रहित विपरीतको कदम भएको कांग्रेसको ठहर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्