Main News

सरकार र अनशनरत डा. केसीबीच ८ बुँदे सहमति

हिमालय टिभी
२०७७ असोज २५ गते ७:२२
सरकार र अनशनरत डा. केसीबीच ८ बुँदे सहमति

२५ असोज, २०७७ काठमाडौं । सरकार र अनशनरत डाक्टर गोविन्द केसी पक्षबीच ८ बुँदे सहमति भएको छ ।

केसीले जुम्लाबाट थालेको अनशनको २७औँ दिनमा दुवै पक्षबीच गएराति त्रिवि शिक्षण अस्पताल परिसरमा८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो। योसँगै डा. केसीले आज बिहान अनशन तोड्ने पनि सहमति पत्रमा उल्लेख छ ।

सरकार र केसी पक्षबीच तीन दिनमा पटक पटक वार्ता भएको थियो । उक्त सहमति पत्रमा सरकारी वार्ता टोलीका संयोजक शिक्षा सचिव गोपीनाथ मैनाली र डा केसी स्वयमले हस्ताक्षर गर्नु भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर आगामी वर्षदेखि एमबीबीएस लगायतका कार्यक्रमहरु संचालन गर्ने, गेटा मेडिकल कलेज सञ्चालनका लागि मन्त्री परिषाद्मा रहेको ऐनलाई संसदको आगामी अधिवेशनबाट जारी गरी भौतिक पूर्वाधार र जनशक्ति पुर्याएर पठनपाठन शुरू गर्ने सहमति भएको छ ।

प्रदेश दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया एक वर्ष भित्र अघि बढाउने, मास्कको प्रयोग र सामाजिक दुरीलाई अनिवार्य गर्दै पीसीआर परीक्षणको दायरा फराकिलो बनाउने, चिकित्सा शिक्षा ऐनलाई परिमार्जन गर्ने, बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गर्ने लगायत सहमति भएको छ ।

डा. केसीले विभिन्‍न ६ बुँदे माग राखेर भदौ २९ गते जुम्लाको चन्दननाथबाट १९ औं अनशन सुरु गर्नु भएको थियो ।

त्यहाँबाट नवौं दिनमा नेपालगञ्‍ज हुँदै काठमाडौं ल्याइएका डा. केसीको अनशन त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा २७ औँ दिनमा टुंग्याउने सहमति भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *