Main News

आकस्मिक र कोभिड बाहेकका सबै सेवा बहिस्कार गर्ने चिकित्सक संघको निर्णय

हिमालय टिभी
२०७७ असोज २४ गते १७:४८
आकस्मिक र कोभिड बाहेकका सबै सेवा बहिस्कार गर्ने चिकित्सक संघको निर्णय

२४ असोज, २०७७ काठमाडौं । स्वास्थ्य शिक्षामा सुधारसम्बन्धी विभिन्न मागसहित अनशनरत डा. गोविन्द केसीसँगको वार्ताबाट सरकार पछि हडेपछि चिकित्सकहरुले भोलि आइतबार आकस्मिक र कोभिडबाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने भएका छन् ।

असोज २२ गते बिहीबार सरकार र केसी पक्षबीचको वार्ता सकारात्मक रुपमा अगाडी बढेकाले असोज २३ गते शुक्रबार स्थगित गरिएको कार्यक्रम असोज २५ गते आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमाब हिष्कार गर्ने निर्णय गरेको नेपाल चिकित्सक संघले जनाएको छ।

२५ गते आइतबारसम्म पनि सत्याग्रह अन्त्य नभएको अवस्थामा थप कडा आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने चेतावनीसमेत संघले दिएको छ । । संघले घोषणा गरेको विरोधका कार्यक्रमहरुबाट उत्पन्न हुन सक्ने जुनसुकै परिस्थितिप्रति नेपाल सरकार नै जिम्मेवार हुने संघले चेतावनी दिएको छ।

संघले डा. गोविन्द के.सी. को १९ औं आमरण अनशनका सम्बन्धमा सत्याग्रहको २७औं दिन बितिसक्दा डा. के.सी.को जीवन रक्षाका निम्ती नेपाल सरकार गम्भिर नभएको एवं वार्ता र सम्वाद केबल औपचारिकतामा लागि मात्रै सीमित गरिएकोप्रति आपत्ति प्रकट गरेको छ।

यसअघि सरकारी वार्ता टोलीले डा. गोविन्द केसीलाई अनशन बिना शर्त अन्त्य गर्न आग्रह गरेको थियो । केसी पक्षले भने बिहीबार भएको वार्तामा भएको सहमतिको मस्यौदाबाट सरकार पछि हटेको आरोप लगाएको छ।

थप यो पनि पढ्नुस्

बिना शर्त अनशन अन्त्य गर्न डा. केसीलाई सरकारी वार्ता टोलीको आग्रह

अनशनरत डा. केसीको पक्षमा माइतीघरमा प्रदर्शन (फोटो फिचरसहित)

सरकारले वार्ताका नाममा अल्झाएर डा. केसीको ज्यान लिन खोजेको आरोप

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *