Main News

अनशनरत डा. केसीको पक्षमा माइतीघरमा प्रदर्शन (फोटो फिचरसहित)

हिमालय टिभी
२०७७ असोज २४ गते १४:१६
अनशनरत डा. केसीको पक्षमा माइतीघरमा प्रदर्शन (फोटो फिचरसहित)

२४ असोज, २०७७ काठमाडौं । अनसनरत डा. गोविन्द केसीको पक्षमा माइतीघरमा प्रदर्शन भएको छ ।
चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ औं पटक अनशन बस्नुभएका केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिँदा पनि सरकार उदासिन बनेको भन्दै प्रदर्शन भएको हो ।

बिहीबारबाट डा. केसी र सरकारी पक्षबीच वार्ता भइरहेपनि सफल हुन सकेको छैन । वार्तालाई असफल बनाएर सरकारले केसीको जीवन नै समाप्त पार्ने नियत देखिएको केसी समर्थकहरुको भनाइ छ ।

प्रदर्शनमा सहभागी वार्ता टोलीका सदस्य अधिवक्ता ओमप्रकाश अर्यालले असोज २२ गते सरकारी पक्षसँग समझदारी भए पनि प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको निर्देशनमा रोकिएको बताउनुभयो ।

प्रधानमन्त्री र मन्त्रीको निर्देशनले वार्ता रोकिनुको कारण केसीको जीवनमा जुनसुकै घटना भएपनि आफुहरुलाई सरोकार नै छैन भन्ने नकारात्मक सोचाई देखिएको उहाँले बताउनुभयो ।

माइतीघरमा भएको प्रदर्शनमा ‘माफियाको समाजवाद, यति, ओम्नी, मार्सी भात’, ‘सत्याग्रही मार्न खोज्ने सरकार धेरै दिन टिक्दैन’, ‘डा केसीको माग पूरा गर’, ‘दूरदराजमा मेडिकल शिक्षा खै ?’ लगायतका नारा लगाएका छन् ।

सरकार र डा केसी पक्षले वार्ता टोलीबीच बिहीबार र शुक्रबार वार्ता गरिएको थियो । बिहीबार केही समझदारी भए पनि शुक्रबार राति भएको वार्तामा सरकारी पक्ष पछि हटेको डा केसी पक्षधरको भनाइ छ ।

सरकार र डाक्टर केसी पक्षले वार्ता टोली गठन गरेर बिहीबार र शुक्रबार वार्ता गरिएको थियो । तर कुरा मिल्न सकेको छैन । केसी पक्षले विज्ञप्ती निकाल्दै सरकार समझदारीबाट पछि हटेको आरोप लगाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *