Main News

सरकारले वार्ताका नाममा अल्झाएर डा. केसीको ज्यान लिन खोजेको आरोप

हिमालय टिभी
२०७७ असोज २४ गते १३:०४
सरकारले वार्ताका नाममा अल्झाएर डा. केसीको ज्यान लिन खोजेको आरोप

२४ असोज, २०७७ काठमाडौं । डा गोविन्द केसीको तर्फबाट गठित वार्ता टोलीले असोज २२ गते भएको सहमतिको प्रस्तावबाट सरकार पछि हटेकाले सहमति हुन नसकेको आरोप लगाएको छ ।

सहमतिको प्रस्तावबाट सरकार पछि हटेको भन्दै केसी पक्षीय वार्ता टोलीले दबाब दिन देशभर प्रदर्शनका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ ।

वार्ता टोलीले निकालेको विज्ञप्तीमा भनिएको छ, ‘राजनीतिक नेतृत्वको गैरजिम्मेवार र संवेदनहीनता मात्र नभई बेइमानी र वार्ता प्रक्रियालाई अनिश्चितकालसम्म लम्ब्याएर डा केसीको ज्यानै लिने नियतसमेत उदांगो भयो ।’

दुवै पक्षको गम्भीर गृहकार्य र छलफलपछि असोज २२ गते साँझ डा केसीले राखेका मागमा बुँदागत समझदारीको मस्यौदा बनेको टोलीले उल्लेख गरेको छ ।

टोलीले असोज २२ गतेका समझदारीलाई औपचारिकता दिंदै त्यसको कार्यान्वयन सुनिश्चितताका लागि मन्त्रिपरिषदबाट पारित गर्न पनि सरकारलाई आग्रह गरेको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले वार्ता टोलीस्तरमा भएको सहमतिलाई अस्वीकार गरेपछि सरकार र डा. गोविन्द केसी पक्षबीच हुनै लागेको सहमति भाँडिएको डा केसी पक्षको आरोप छ ।

केसीका तर्फबाट वार्ता समितिका संयोजक डा. जीवन क्षेत्रीले सरकारले वार्ताका नाममा अल्झाउन खोजेको आरोप लगाउनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *