खेलकूद

दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा उक्लियो, राजस्थान ४६ रनले पराजित

हिमालय टिभी
२०७७ असोज २४ गते ७:३२
दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा उक्लियो, राजस्थान ४६ रनले पराजित

२४ असोज, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आईपीएल) मा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा फर्किएको छ ।

प्रतियोगिता अन्तर्गत गएराति राजस्थान रोयल्सलाई ४६ रनले हराउँदै दिल्ली फेरी शीर्ष स्थानमा पुगेको हो ।

१ सय ८५ रनको लक्ष्य पछ्याएको राजस्थान १९ दशमलव ४ ओभरमा १ सय ३८ रनमै अलआउट भएको थियो । उसका लागि राहुल टिवेटियाले ३८, यशस्वी जैसवालले ३४ तथा कप्तान स्टेभेन स्मिथले २४ रन बनाए ।

बलिङमा दिल्लीका काशिगो रबाडाले तीन तथा रविचन्द्रन आश्विन र मार्कस स्टोइनिसले समान दुई(दुई विकेट लिए ।

यसअघि शारजाह क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो ।

दिल्लीका लागि सिमरन हेट्मेयरले ४५, मार्कस स्टोइनिसले ३९ तथा कप्तान श्रीयस अइयरले २२ रन बनाए । बलिङमा राजस्थानका जोफ्रा आर्चरले तीन विकेट लिए ।

प्रतियोगिता अन्तर्गत आज कोलकाता नाइट राइडर्स र किंग्स एलाभेन पञ्जाब तथा चेन्नई सुपर किंग्स र रोयल च्यालेञ्जर्स बेंग्लोरबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्