Main News

अनशनरत डा. केसीको अवस्था गम्भीरः चिकित्सक

हिमालय टिभी
२०७७ असोज २३ गते १७:०३
अनशनरत डा. केसीको अवस्था गम्भीरः चिकित्सक

२३ असोज, २०७७ काठमाडौं । चिकित्सा शिक्षा सुधार र सर्वसुलभ उपचारको माग गर्दै २६ दिनदेखि अनशनमा बसेका डाक्टर गोविन्द केसीको स्वास्थ्य गम्भीर बनेको छ।

उहाँको मुटुको चाल अनियमित रहेको, धड्कन असन्तुलित रहेको भन्दै चिकित्सकले कुनै पनि बेला मुटुको चाल रोकिएर हृदयाघात हुन सक्ने चेतावनी दिएका छन् ।

केसीको उपचारमा संलग्न डाक्टर सुवासप्रसाद आचार्यले स्वास्थ्य बुलेटिन जारी गरी केसीको स्वास्थ्य अत्यन्तै गम्भीर रहेको जानकारी दिनुभएको छ ।

केसीलाई छाती दुख्ने, थकान हुने, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने समस्या छ। छातीको सिटी स्क्यान र एक्सरे गर्दा दायाँ छातीमा निमोनियाको लक्षण देखिएको छ।

अक्सिजनको मात्रा ९६ दशमलव ९७ देखि शत प्रतिशत हुनुपर्नेमा डाक्टर केसीको ८६ दशमलव ८७ प्रतिशत मात्र छ । त्यसैले शरीरमा अक्सिजन बढाउन उहाँलाई कृत्रिम अक्सिजन दिइएको छ ।

डाक्टर केसीले औषधि लिन र उपचार गर्न मान्नु भएको छैन । उहाँले आफ्ना माग पूरा नभएसम्म कुनै पनि उपचार नगर्ने अडान राख्नु भएको छ ।

डाक्टर केसीका मागबारे हिजो वार्ता भए पनि सहमति हुन सकेन । जसका कारण डाक्टर केसीको अनशन लम्बिएको छ । सरकारी पक्षले समय नदिएका कारण वार्ता अनिश्चित भएको केसी पक्षको प्रतिक्रिया छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *