Main News

अनशनरत डा. केसी पक्ष र सरकारबीच वार्ता जारी

हिमालय टिभी
२०७७ असोज २२ गते १८:००
अनशनरत डा. केसी पक्ष र सरकारबीच वार्ता जारी

२२ असोज, २०७७ काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसी पक्ष र सरकारबीच सिंहदरबारमा वार्ता जारी छ । आज दुई चरणमा वार्ता भएको छ । बिहान साढे दशबजे शुरु भई साढे दुई बजेसम्म पहिलो र चार बजेपछि अर्को चरणमा वार्ता चलिरहेको छ ।

वार्ता सकारात्मक रहेको केसी पक्षको वार्ता टोलीका सदस्य नेपाल चिकित्सक संघका अध्यक्ष लोचन कार्कीले जानकारी दिनुभयो । सहमतिका लागि आफूहरुले मस्यौदा बनाईरहेको पनि उहाँँले जानकारी दिनुभयो ।

सकेसम्म वार्ता छिटो सक्ने र सहमति गर्ने आफूहरुको प्रयास रहेको डाक्टर कार्कीले जानकारी दिनुभयो ।

डाक्टर केसी अनशन बसेको २५ औं दिनमा सरकारले वार्ता थालेको हो । सरकारले हिजो शिक्षा, सचिव गोपीनाथ मैनालीको नेतृत्वमा सहसचिव गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मा सदस्य रहेको वार्ता टोली बनाएको थियो ।

लगत्तै डाक्टर केसीका तर्फबाट पनि डा जीवन क्षेत्रीको नेतृत्वमा वार्ता टोली बनेको थियो । टोलीमा बनेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्की, पूर्वअध्यक्ष डाक्टर अञ्जनीकुमार झा र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य हुनुहुन्छ ।

पुराना सम्झौता कार्यान्वयन, चिकित्सा शिक्षा सुधार र स्वास्थ्य सेवा सर्वसुलभ हुनुपर्ने माग सहित डाक्टर केसीले भदौ २९ गते जुम्लाबाट १९ औं चरणको अनशन शुरु गर्नुभएको थियो । आठौं दिन काठमाण्डौ आएका केसी अहिले शिक्षण अस्पतालमा अनशनमा हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *