Main News

भोलि देशभरका अस्पतालमा सेवा बहिस्कार गर्ने चिकित्सक संघको घोषणा (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २१ गते १८:३६
भोलि देशभरका अस्पतालमा सेवा बहिस्कार गर्ने चिकित्सक संघको घोषणा (भिडियोसहित)

२१ असोज, २०७७ काठमाडौं । चिकित्सकहरुले देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक र कोभिडबाहेकका सबै सेवा बहिस्कार गर्ने भएका छन् ।

डाक्टर गोविन्द केसी अनशन बसेको २४ दिन बित्दासमेत सरकारले वार्ता टोली गठन नगरेको भन्दै नेपाल चिकित्सक संघको आव्हानमा देशभरका स्वास्थ्यसंस्था र अस्पतालमा आकस्मिक र कोभिड बाहेका सेवा बहिस्कार गरिने भएको हो ।

नेपाल चिकित्सक संघले आज एक विज्ञप्ती जारी गर्दै डाक्टर केसीको स्वास्थ्य अवस्था बिग्रिदै गएकाले उहाँको जीवन रक्षाका लागि विरोधका कार्यक्रमको घोषणा गरेको हो ।

भोलिदेखि स्वास्थ्य मापदण्ड पालना गरी देशभरका स्वास्थ्यसंस्था र अस्पतालहरुमा धर्ना र रिले अनशन सुरु हुने पनि संघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

संघले कोभिड–नाइन्टिनको महामारीको समयमा स्वास्थ्य सेवा प्रवाहमा उत्पन्न हुने गम्भिर परिस्थिति ख्याल गर्दै छिट्टै वार्तामा आउन र डाक्टर केसीको माग पूरा गर्न सरकारसँग आग्रह गरेको छ ।

भोलिको आन्दोलनबाट पनि सरकारले कुनै ठोस कदम नचाले २३ गते शुक्रबार १ दिनका लागि देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बहिष्कार गर्ने निर्णयसमेत संघले गरेको छ ।

यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले डाक्टर केसीसँग भएका सम्झौताहरुको कार्यान्वयन स्थिति सार्वजनिक गर्न र उहाँको स्वास्थ्य अवस्था र उचित मागहरुप्रति समयमै संवेदनशील बन्न सरकारलाई आग्रह गरेको छ।

डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था अत्यन्त चिन्ताजनक बन्दै गइरहेकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको भन्दै सरकारसँग यो आग्रह गरेको हो ।

लामो समयदेखि चिकित्सा शिक्षा सुधारका लागि नेपाल सरकारसँग विगतमा भएका सम्झौताहरुको कार्यान्वयन लगायतका माग राखी भदौ २९ गतेदेखि डाक्टर केसी आमरण अनशनमा बस्नुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *