समाज

शवगृह व्यवस्थित नहुँदा अस्पताल र स्थानीय दुवैलाई सास्ती (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २१ गते १८:१७
शवगृह व्यवस्थित नहुँदा अस्पताल र स्थानीय दुवैलाई सास्ती (भिडियोसहित)

२१ असोज, २०७७, धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्रै सुविधा सम्पन्न अस्पतालका रुपमा रहेको सेती प्रादेसिक अस्पतालको शवगृह व्यवस्थित नहुँदा समस्या बढेको छ ।

प्रदेशको एक मात्र रेफरल अस्पतालको शव गृहमा बढीमा ८ वटा शश मात्र राख्न सक्ने क्षमता रहेको भए पनि गर्मीयामको समयमा शवलाई व्यवस्थापन गर्ने कुनै पनि पूर्वाधार नहुँदा सब गन्हाउने र नजिकै रहेको बस्तीमा समेत दुर्गन्ध फैलिने गरेको छ ।

सुदूरपश्चिम प्रदेशका नौ जिल्लाको प्रतिनिधित्व गर्ने सेती प्रादेशिक अस्पतालको शवगृह निकै जीर्ण छ । शव व्यवस्थित नहुँदा दुर्गन्ध फैलिएर स्थानीय बासिन्दालाई निकै समस्या हुने गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयसँग जोडिएको शवगृहको उचित व्यवस्थापन गर्न स्थानीय बासिन्दाको माग छ ।

फोहोरको उचित व्यवस्थापन नहुँदा शवगृह नजिकै जाँदा मानिसलाई विभिन्न रोगको समेत खतरा छ । शव गृहमा शव बुझ्न गएकाले सरकारलाई तत्काल समस्या समाधान गर्न सुझाव दिएका छन् ।

शवगृहमा शव व्यवस्थापन गर्ने कुनै पनि साधन नहुँदा सरसफाइकर्मी पनि हैरान छन् ।

सेती प्रादेसिक अस्पतालको शव गृह पूरानो र जीर्ण भएकाले आधुनिक शवगृह निर्माणका लागि अस्पताल प्रशासनले पहल गरिरहेको छ ।

प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा करोडौं लगानी गरेको दावी गरे पनि एउटा व्यवस्थित शवगृह नहुँदा नागरिकलाई सास्ती भएको छ । त्यसैले व्यवस्थित शवगृह निर्माणका लागि प्रदेश सरकारको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *