Main News

डा. केसीको माग पूरा नगरेकोमा कांग्रेसद्वारा सरकारको आलोचना

हिमालय टिभी
२०७७ असोज २१ गते १७:००
डा. केसीको माग पूरा नगरेकोमा कांग्रेसद्वारा सरकारको आलोचना

२१ असोज, २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले २४ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीका माग सम्बोधन नगरेकोमा सरकारको कडा आलोचना गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति निकालेर डा. केसीसँग सरकारले वार्ताका लागि कुनै पहल नगरेको भन्दै आपत्ति जनाउनु भएको हो ।

कांग्रेसको विज्ञप्तिमा डा. केसीसँग कुरै नगर्ने बरु कात्रो पठाउने तयारी हो ? भनेर प्रश्न गरिएको छ । डा. केसीको स्वास्थ्य जटिल बन्दै गए पनि बालुवाटारले बालहठ प्रदर्शन गरेको भन्दै कांग्रेसले त्यो बालहठ महँगो पर्ने चेतावनी सरकारलाई दिएको छ ।

केसीका जायज आवाजलाई सम्बोधन गर्न ढिलाई गर्ने भुल नगर्न चेतावनी दिँदै कांग्रेसले डा. केसीसँग वार्ता नगरे सरकारलाई महंगो पर्ने चेतावनी दिएको छ ।

कांग्रेस सरकारमा भएको बेलामा डा. केसीको धेरै माग पूरा भएको तर प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति गरेर पनि त्यसलाई उल्ट्याएको आरोप पनि उसले लगाएको छ ।

सत्याग्रहीलाई दुर्व्यवहार गरेर सरकारले सत्ताको अहंकार देखाएर कम्युनिष्ट तन्त्रको मनोबिज्ञानलाई पुष्टि गरेको कांग्रेसको दावी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *