भक्तपुरको तलेजु मन्दिर परिसरमा यो वर्ष पशु बली दिन नपाइने

हिमालय टिभी
२०७७ असोज २१ गते १६:१३
भक्तपुरको तलेजु मन्दिर परिसरमा यो वर्ष पशु बली दिन नपाइने

२१ असोज, २०७७ भक्तपुर । भक्तपुरको तलेजु मन्दिर परिसरभित्र यो वर्ष दशैंमा कुनै पशु बली दिन नपाइने भएको छ ।

भक्तपुर नगरपालिकामा सरोकारवालासँग बैठक बसी दशैंमा तलेजु भवानी मन्दिरमा हुने सवै प्रकारका पशु बली रोक लगाउने निर्णय गरिएको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो ।

गुठी संस्थानले तलेजु पुजाको लागि दशैं अवधिमा ६० वटा बोका, ३१ वटा राँगा, ३० वटा हाँस बली दिने गरेको थियो । तलेजु भवानीको पुजालाई स्वास्थ्य सुरक्षा मापदण्ड र सामाजिक दूरी कायम गरी विधिपूर्वक पुजारी मात्र रहने गरी औपचारिकतामा सीमित गर्ने भक्तपुर नगरपालिकाले जनाएको छ ।

बैठकले घटस्थापनाको दिनदेखि विजया दशमीको दिनसम्म नगरका विभिन्न शक्ति पीठमा हुने मेला, पूजा र नवरातको समयमा बाजा लिई वा नलिई कुनै किसिमले भीड हुने गरी मन्दिरहरुमा नजान आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *