झापामा मृत्यु भएका दुई महिने शिशुमा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ असोज २१ गते १३:४२
झापामा मृत्यु भएका दुई महिने शिशुमा कोरोना संक्रमण पुष्टि

२१ असोज, २०७७, झापा । मेची प्रादेशिक अस्पताल भद्रपुर झापामा मृत्यु भएका दुई महिने शिशुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

आफन्तले अस्पतालबाट शिशुको शव बुझेर घर लगेको तीन घण्टापछि कोरोना पुष्टि भएको हो ।

भद्रपुर नगरपालिका–८ का शिशुमा निमोनियासँगै श्वासप्रश्वासको समस्या देखिएपछि हिजो बिहान अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो।

शिशुमा कोरोनाको लक्षण देखा परेपछि दिउँसो १२ बजे स्वाब संकलन गरिएको थियो। स्वाब लिएको ६ घण्टाभित्रै शिशुको उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *